Wednesday, December 3, 2008

गुटफुटमा नलाग्न राष्ट्रपतिको आग्रह


राष्ट्रपति डा. रामवरण यादवले गुटफुटबाट अलग रहेमात्र नयाँ नेपालको निर्माण हुनसक्ने बताउनुभएको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ५५औं जन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित माङसेबुङमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सबै दल र जनतालाई आग्रह गर्नुभएको छ ।
त्यही कार्यक्रममा बोल्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले इलामको माङसेबुङलाई अन्तर्रर्ााट्रय धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
र् धर्मगुरुको जन्मोत्सव मनाउन नेपालका विभिन्न ठाउँ, भारत र भुटानबाट हजारौं भक्तजनहरु धर्मगुरुको आश्रयस्थल माङसेबुङमा जम्मा भएका छन् ।

'सेना समायोजन भए देश बच्दैन'


नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टर्ीीति प्रतिवद्ध लडाकूलाई राष्ट्रिय सेनामा समायोजन गर्दा देश ठूलो युद्धमा फस्ने बताएका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअर्न्तर्गत बुधबार इलाममा आयोजित कार्यक्रममा बोल्दै उपसभापति पौडेलले लडाकू समायोजन नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई नै अस्वीकार्य हुने बताए । उनले लडाकूलाई समायोजन गर्दा राष्ट्रिय सेनाको व्यावसायिकता र अनुशासनमा आँच आउने बताए । उनले राजनीतिबाट प्रेरित नभएका र १२ बुँदे समझदारीले तोकेको मापदण्ड पूरा गरेका लडाकूलाई राजनीतिकरण नहुनेगरी राष्ट्रले प्रयोग गर्न सक्ने बताए ।
नेता पौडेलले राष्ट्रिय सेनाको व्यावसायिकता र छवीलाई जोगाउनु नेकपा -माओवादी)को पनि दायित्व भएको बताए । सरकारमा सामेल हुने प्रसंगमा उनले नेपाली कांग्रेसलाई सत्तामा जाने कुण्ठा नभएको बताउँदै नेपाली कांग्रेसलाई प्रतिपक्ष नै ठीक भएको बताएका छन् ।
नेता पौडेलले अधिकांश समय नेकपा -माओवादी)लाई गाली गर्नमै खर्चिनुभएको थियो । उहाँले माओवादीलाई नारामा सामन्दवाद विरोधी भए पनि सामन्तवादी चरित्र देखाएको आरोप लगाउनुभयो । उहाँले एमालेलाई राष्ट्रिय धर्म निर्वाह नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारको सय दिनमा केही पनि राम्रो काम गरेको सुन्न नपाएको बताउनुभयो । 'सय दिनले सरकार राष्ट्र र जनताको पक्षमा छैन भन्ने देखाएको छ,' उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य पर्ूण्ाकुमार शर्ेमा, भीष्मराज आङ्गदेम्वेलगायतले बोल्नुभएको थियो ।