Wednesday, December 3, 2008

'सेना समायोजन भए देश बच्दैन'


नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टर्ीीति प्रतिवद्ध लडाकूलाई राष्ट्रिय सेनामा समायोजन गर्दा देश ठूलो युद्धमा फस्ने बताएका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअर्न्तर्गत बुधबार इलाममा आयोजित कार्यक्रममा बोल्दै उपसभापति पौडेलले लडाकू समायोजन नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई नै अस्वीकार्य हुने बताए । उनले लडाकूलाई समायोजन गर्दा राष्ट्रिय सेनाको व्यावसायिकता र अनुशासनमा आँच आउने बताए । उनले राजनीतिबाट प्रेरित नभएका र १२ बुँदे समझदारीले तोकेको मापदण्ड पूरा गरेका लडाकूलाई राजनीतिकरण नहुनेगरी राष्ट्रले प्रयोग गर्न सक्ने बताए ।
नेता पौडेलले राष्ट्रिय सेनाको व्यावसायिकता र छवीलाई जोगाउनु नेकपा -माओवादी)को पनि दायित्व भएको बताए । सरकारमा सामेल हुने प्रसंगमा उनले नेपाली कांग्रेसलाई सत्तामा जाने कुण्ठा नभएको बताउँदै नेपाली कांग्रेसलाई प्रतिपक्ष नै ठीक भएको बताएका छन् ।
नेता पौडेलले अधिकांश समय नेकपा -माओवादी)लाई गाली गर्नमै खर्चिनुभएको थियो । उहाँले माओवादीलाई नारामा सामन्दवाद विरोधी भए पनि सामन्तवादी चरित्र देखाएको आरोप लगाउनुभयो । उहाँले एमालेलाई राष्ट्रिय धर्म निर्वाह नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारको सय दिनमा केही पनि राम्रो काम गरेको सुन्न नपाएको बताउनुभयो । 'सय दिनले सरकार राष्ट्र र जनताको पक्षमा छैन भन्ने देखाएको छ,' उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य पर्ूण्ाकुमार शर्ेमा, भीष्मराज आङ्गदेम्वेलगायतले बोल्नुभएको थियो ।

No comments: