Wednesday, December 3, 2008

गुटफुटमा नलाग्न राष्ट्रपतिको आग्रह


राष्ट्रपति डा. रामवरण यादवले गुटफुटबाट अलग रहेमात्र नयाँ नेपालको निर्माण हुनसक्ने बताउनुभएको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ५५औं जन्मोत्सवको अवसरमा आज इलामको बाँझोस्थित माङसेबुङमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सबै दल र जनतालाई आग्रह गर्नुभएको छ ।
त्यही कार्यक्रममा बोल्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले इलामको माङसेबुङलाई अन्तर्रर्ााट्रय धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
र् धर्मगुरुको जन्मोत्सव मनाउन नेपालका विभिन्न ठाउँ, भारत र भुटानबाट हजारौं भक्तजनहरु धर्मगुरुको आश्रयस्थल माङसेबुङमा जम्मा भएका छन् ।

'सेना समायोजन भए देश बच्दैन'


नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टर्ीीति प्रतिवद्ध लडाकूलाई राष्ट्रिय सेनामा समायोजन गर्दा देश ठूलो युद्धमा फस्ने बताएका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअर्न्तर्गत बुधबार इलाममा आयोजित कार्यक्रममा बोल्दै उपसभापति पौडेलले लडाकू समायोजन नेपाली कांग्रेसलाई मात्र नभएर सिङ्गो देशलाई नै अस्वीकार्य हुने बताए । उनले लडाकूलाई समायोजन गर्दा राष्ट्रिय सेनाको व्यावसायिकता र अनुशासनमा आँच आउने बताए । उनले राजनीतिबाट प्रेरित नभएका र १२ बुँदे समझदारीले तोकेको मापदण्ड पूरा गरेका लडाकूलाई राजनीतिकरण नहुनेगरी राष्ट्रले प्रयोग गर्न सक्ने बताए ।
नेता पौडेलले राष्ट्रिय सेनाको व्यावसायिकता र छवीलाई जोगाउनु नेकपा -माओवादी)को पनि दायित्व भएको बताए । सरकारमा सामेल हुने प्रसंगमा उनले नेपाली कांग्रेसलाई सत्तामा जाने कुण्ठा नभएको बताउँदै नेपाली कांग्रेसलाई प्रतिपक्ष नै ठीक भएको बताएका छन् ।
नेता पौडेलले अधिकांश समय नेकपा -माओवादी)लाई गाली गर्नमै खर्चिनुभएको थियो । उहाँले माओवादीलाई नारामा सामन्दवाद विरोधी भए पनि सामन्तवादी चरित्र देखाएको आरोप लगाउनुभयो । उहाँले एमालेलाई राष्ट्रिय धर्म निर्वाह नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारको सय दिनमा केही पनि राम्रो काम गरेको सुन्न नपाएको बताउनुभयो । 'सय दिनले सरकार राष्ट्र र जनताको पक्षमा छैन भन्ने देखाएको छ,' उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य पर्ूण्ाकुमार शर्ेमा, भीष्मराज आङ्गदेम्वेलगायतले बोल्नुभएको थियो ।

Sunday, November 30, 2008

'मतभेद संविधान सभामा नपुगोस्'


संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरुबीचको आपसी मतभेद छचल्किएर पनि संविधान सभामा पुग्न नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ इलाम शाखाले आइतबार आयोजना गरेको संविधान निर्माणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सभाध्यक्ष नेम्वाङले व्यवस्थापिका संसदमा उत्पन्न हुनसक्ने मतभेदलाई संविधान निर्माण प्रक्रियासँग नजोड्न दलहरुलाई आग्रह गरेका छन् । 'जनआन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न नयाँ संविधान निर्माण गर्नु छ । हाम्रो प्रमुख दायित्व यही हो । यो दायित्वलाई समयमा पूरा गर्न सवै पक्ष प्रतिवद्ध हुनर्ुपर्छ,' उनले भने ।
सभाध्यक्ष नेम्वाङले दलहरुबीच सुदृढ एकता र समझदारी कायम गर्न सञ्चारकर्मीले महत्वपर्ूण्ा भूमिका खेल्नुपर्ने बताएका छन् । उनले सञ्चारमाध्यमले जनताको कुरा संविधान सभामा र संविधान सभाको कुरा जनतामा पुर्‍याउन पुलको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले सञ्चारमाध्यमले संविधानसँग सम्वन्धित विषयलाई उच्च प्राथमिकता दिएर प्रकाशन र प्रसारण गर्नुपर्ने बताएका छन् । 'संविधान निर्माणका क्रममा हुने त्रुटि र ढिलाईप्रति जनताले झकझकाउने र आवश्यक सुझावहरु दिने वातावरण सञ्चारकर्मीले तयार गरिदिन सक्छ । हामीले लाखौं सुझावको अपेक्षा गरेका छौं,' उनले भनेका छन् ।

Friday, November 21, 2008

'प्रतिपक्ष र सत्तापक्षमा विभाजित नहुनोस्' नेम्बाङ


संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनैतिक दलहरुलाई सत्तापक्ष र प्रतिपक्षमा विभाजित नहुन अनुरोध गर्नुभएको छ ।
इलामको सिद्धिथुम्कामा आयोजित पहिलो सिद्धिथुम्का पर्यटन उत्सव उद्घाटन कार्यक्रममा केहीबेरअघि बोल्दै सभाध्यक्ष नेम्बाङले संविधान निर्माणको प्रक्रियामा राजनैतिक दलहरुबीच उच्चस्तरको समझदारी जरुरी रहेको बताउनुभयो । दलहरुबीचको विवादले संविधान निर्माण प्रक्रिया निरन्तर अगाडि बढ्न नसक्नेमा जोड दिदैं टेक्ने ठाउँ बनाउन नसके मुलुकले पहिलेकै अवस्था भोग्नुपर्ने संकेत गर्नुभयो । उहाँले विकास निर्माणसँगै सभासदहरुले टेक्ने ठाउँ नयाँ संविधान निर्माणलाई मुख्य ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सभाध्यक्ष नेम्बाङले आमनागरिकको सक्रिय सहभागिता भएमा कार्यतालिकाले निर्धारण गरेको समयमा नयाँ संविधान निर्माण हुने बताउनुभयो । उहाँले नयाँ संविधानले स्वायत्तता र धर्मनिरेपेक्षतासहितको नयाँ मुलुकको खाका कोर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्ूर्वी पहाडको सकस


सशस्त्र द्वन्द्वको अन्त्यपछि अझ संविधानसभाको निर्वाचनपछि पर्ूर्वी पहाडमा भएका केही प्रतिनिधिमुलक घटनाहरु हुन् यी । सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्तिपर्ूवक सहज जीवनयापन गर्ने धेरैले अपेक्षा गरेपनि पर्ूर्वी पहाडमा त्यस्तो भएन । मातृ पार्टर्ीी सगठनलाई सहयोग गर्ने र विकृति विसंगति हटाउने नाममा पछिल्लो समयमा खुलेका युवाहरुको दस्ताले र्सवसाधारणलाई अनावश्यक दुःख दिने क्रम दिनानुदिन बढ्दो छ ।
पर्ूर्वी पहाडमा नेकपा -माओवादी) को वाइसीएल, नेकपा -एमाले)को युथ फोर्स, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्वुवान राज्य परिषदको लिम्बुवान भोलिन्टियर्स -एलभी), पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चको किरात लिम्बुवान भोलिन्टियर्स -केएलभी), लिम्बुवान राष्ट्रिय परिषदको लिम्वुवान लिवरेशन आर्मी -एलएलए) जस्ता युवा दस्ता क्रियाशील छन् । दोलखामा २३ भदौमा तरुण दलले तरुण दस्ता गठन गर्दा नेपाली कांग्रेसले दस्ता बनाउने पार्टर्ीीे नीति नभएको प्रतिक्रिया दिएपनि १४ असोजमा पाँचथरमा तरुण दलले तरुण दस्ता गठन गरेको छ ।
जनवादी किरात वर्कस पार्टर्ीीकिरात राज्य'का लागि र लिम्वुवान राष्ट्रिय परिषद 'स्वतन्त्र लिम्बुवान राष्ट्र' का निम्ति सशस्त्र आन्दोलन गर्ने संगठन हुन् । खोटाङबाट क्रियाकलाप शुरु गरेको वर्कस पार्टर्ीी नौ महिनादेखि प्रहरी चौकीमा आक्रमण, गाविस भवनमा आगजनी, अपहरणजस्ता हिंसात्मक क्रियाकलाप गरिरहेको छ भने परिषद पाँचथर केन्द्रित रहेर संगठन विस्तारसँगै एलएलए भर्ती अभियानमा क्रियाशील छ ।
छाडेन कर र चन्दाले
सशस्त्र द्वन्द्वको बेला नेकपा -माओवादी) का कार्यकर्ताहरुले धम्कीसहित माग्ने चन्दाले मानिसहरु आहत थिए, त्यसले अहिले पनि छाडेको छैन । पार्टर्ीीले जेसुकै उद्देश्य राखेर युवा दस्ता गठन गरेको भएपनि उनीहरु कर र चन्दा असुल्न सक्रिय छन् । जनवादी किरात वर्कस पार्टर्ीी कार्यकर्ताहरुले भोजपुरमा र्सवसाधारण, पेशाव्यवसायी, गाविस सचिवहरुलाई पाँच लाख रुपैयाँसम्म तोकेर चन्दा मागिरहेका छन् । उनीहरुले भनेजत्ति चन्दा नदिए ज्यान लिने र विस्थापन गराइदिने धम्की दिने गरेका छन् । वर्कस पार्टर्ीी धनकुटाको लेगुवादेखि र संखुवासभाको तुम्लिङटारदेखि भोजपुरमा सामान ढुवानी गर्ने खच्चड व्यवसायीबाट प्रतिखच्चड १५ हजार रुपैयाँसम्म असुल्न थालेपछि उनीहरुले अहिले व्यवसायबाटै हात धुन थालेका छन् । वर्कस पार्टर्ीी मेची र कोशीका सबै जिल्लामा संगठन विस्तार गरिसकेको छ र संगठन विस्तारसँगै चन्दा असुलीलाई पनि तीव्र बनाएको छ ।
मातृ पार्टर्ीीाओवादी सरकार नेतृत्वमा रहेपनि वाइसीएलले पनि कर र चन्दा असुल्न छाडेको छैन । उसले संखुवासभाको आँखीभर्ुइ र खराङ गाविसमा खयरमा प्रतिकेजी ७५ पैसाका दरले निकासी कर संकलन गरिरहेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषदको एलभीले 'लिम्बुवान आन्दोलनमा सहयोग' भन्दै मेची अञ्चलको चारवटै जिल्लामा जिल्ला निकासी कर संकलन गरिरहेका छन् । पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चको केएलभीले पाँचथर, इलाम र झापामा निकासी कर संकलन गर्दैछ । केएलभीका संयोजक हस्त केरुङले अरुण पर्ूवका अन्य जिल्लामा चाँडै निकासी कर संकलन गर्न थाल्ने बताए । यी दस्ताहरुले विभिन्न संस्था र व्यक्तिलाई तोकेरै चन्दा माग्ने गरेका छन् ।
लिम्वुवान राष्ट्रिय परिषदको एलएलएले पाँचथर र ताप्लेजुङको ग्रामीण क्षेत्रमा चन्दा असुल्ने अभियानलाई तीब्र बनाएको छ । उसले कात्तिकमा फिदिमका व्यापारीहरुलाई ३ लाखदेखि ५ लाख रुपैयाँसम्म तोकिएको हस्तलिखित पत्र पठाएर सहयोग नगरे ठाउँ छाड्न धम्की दिएको छ ।
यस्ता विभिन्न खाले दस्ताहरुले अवैध कारोवार गर्ने व्यक्ति र समूहलाई 'व्ल्याकमेल' गर्ने क्रम पनि बढ्दो छ । यसमा वाइसीएल, एलभी र पर्ूवाञ्चलमा भर्खरै गठन भएका युथ फोर्सहरु पनि अछुतो छैनन् ।
वाइसीएलले त सरकारी कार्यालयहरुको ठेक्कापट्टामा पनि हस्तक्षेप गर्न थालेको छ । उसले जिविस कार्यालयलाई नियन्त्रण गरेर मेची अञ्चलका चारवटै जिल्लामा आर्थिक वर्ष२०६५/०६६ को निकासी कर संकलनको ठेक्का आफ्नो मान्छेलाई पारेको छ । ताप्लेजुङमा माओवादीका देवेन्द्र पालुङवाले निकासी करको ठेक्का हात पारेका छन् । पाँचथर, इलाम र झापामा एकै व्यक्ति लक्ष्मी खरेललाई निकासी कर संकलनको ठेक्का परेको छ । जिविस कार्यालय नियन्त्रणमा लिएर अन्यलाई आवेदन फाराम बुझाउन नदिई वाइसीएलले आफ्नो मान्छेलाई ठेक्का सुनिश्चित गरेका हुन् । अन्य युवा दस्ताहरुले चाहिं ठेक्का पार्ने ठेकेदारहरुबाट निश्चित प्रतिशत कमिशन लिने गरेका छन् ।

Thursday, November 13, 2008

'प्रतिकार हाम्रो अधिकार हो'


नेकपा -एमाले)का महासचिव झलनाथ खनालले वाइसीएलको आक्रमणको प्रतिकार गर्नु आफ्नो पार्टर्ीीे अधिकार रहेको बताएका छन् ।
पार्टर्ीीे महासचिव भएपछि पहिलोपटक गृहजिल्ला इलाम आइपुगेको महासचिव खनालले विहीवार साँझ आयोजित स्वागत कार्यक्रममा बोल्दै मुलुकका विभिन्न ठाउँमा वाइसीएलले आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्न थालेपछि बाध्य भएर प्रतिकार गर्नुपरेको बताए । 'नेकपा -माओवादी)सँग हाम्रो कार्यगत एकता छ तर सँगसँगै संर्घष्ा पनि गरिहेका छौं,' उनले भने ।
एमालेको नेकपा -माओवादी) र नेपाली कांग्रेससँगको सम्बन्धबारेमा महासचिव खनालले भने, 'कार्यगत एकताका लागि कांग्रेसलाई धेरै अनुरोध गर्‍यौं तर हामी उसँग सती जान सक्दैनौं । तर, हामी अनावश्यक रुपमा उसको विरोध गर्दैनौं र माओवादीसँग कार्यगत एकता गर्नु मुलुकको शान्ति प्रक्रियाको लागि आवश्यक छ तर उसँग अनावश्यक रुपमा निकट पनि हुँदैनौं ।'
महासचिव खनालले उग्रवामपन्थी खतरा र दक्षिणपन्थी यथास्थितिवादसँग जुध्दै एमाले अघि बढिरहेको बताए । उनले एमालेले वदलिंदो परिस्थितिसँग पार्टर्ीीत्र वैचारिक, सांगठानिक र कार्यशैलीमा पर्ुनर्गठन गरेर अघि बढ्ने जानकारी पनि दिए । उनले जनवादी क्रान्तिको आवश्यकता औल्याउँदै भने, 'सामन्तवादी समाजको अन्त्य हाम्रो चुनौति हो । सामन्तवादी समाजको अन्त्य नभएसम्म जनवादी क्रान्तिको सम्भावना रहन्छ । '

Saturday, November 1, 2008

मनपरी निकासी कर असुली


मेची राजमार्गअर्न्तर्गत इलाम-झापा खण्डमा विभिन्न संस्था र समूहका नाममा मनपरी कर असुल्ने क्रम बढेको छ । व्यापारी तथा किसानहरुले पशुजन्य, कृषिजन्य सामग्री तथा वन पैदावार निकासी गर्दा अचेल जिल्ला बिकास समितिलाई दर्ुइ ठाउँमा, संघीय लिम्बुवान राज्य परिषद -पालुङवा समूह), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चलाई गरी पाँच ठाउँमा निकासी कर तिर्नुपरिरहेको छ ।
तीमध्ये जिल्ला बिकास समितिमात्र वैध हो भने अन्य सबै अवैध संस्था हुन् । ती सबैले मेची राजमार्ग अर्न्तर्गत इलामको फिक्कलदेखि झापाको बर्नेबीचमा बसेर कर असुल्दै आएका छन् ।
व्यापारी तथा किसानहरुले जिल्ला बिकास समितिलाई एक ठाउँमा कर तिरिसकेपछि अर्को जिल्लामा तिर्नुपर्दैन तर, कोलबुङस्थित किटेनीमा जिल्ला बिकास समितिको ढाटमा कर तिरिसकेपछि पनि झापाको वर्नेमा अर्को समूहले जिविसकै रसिदमा ठेगाना चाहिं मेटेर कर असुलिरहेको छ । उता जिल्ला निकासी कर संकलनका लागि वैधताप्राप्त जिबिसको ठेकेदारले चाहिं करमाथि १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोडेर निकासी कर असुलिरहेका छन् । यसअघि कहिल्यै पनि करको मूल्य अभिवृद्धि कर तिर्नु नपरेको व्यापारी तथा किसानहरु बताउँछन् । जिल्ला बिकास समितिले आर्थिक वर्ष२०६५/०६६ का लागि निकासी कर संकलन गर्न एक करोड रुपैयाँमा लक्ष्मी खरेललाई ठेक्का दिएको छ ।
दुबै लिम्बुवान राज्य परिषद र पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले चाहिं लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको आन्दोलनमा सहयोग गर्न भन्दै कर संकलन गरिरहेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध परिषदले त संविधान सभामा पनि प्रतिनिधित्व गरेको छ ।
कर संकलन गर्ने संस्था तथा समूहले प्रतिगाडी १५ सयदेखि तीन हजार रुपैयाँसम्म असुल्ने गर्दछन् । एक ट्रक -एक सय २० बोरा) अदुवा निकासी गर्दा एक हजार नौ सय २० रुपैयाँ मात्र जिबिसलाई तिर्नुपर्ने हो तर फिक्कलदेखि बर्नेबीचमा विभिन्न पाँच ठाउँमा गरी सात हजार नौ सय ६९ रुपैयाँ तिर्नुपरेको विव्ल्याँटेका अदुवा व्यापारी गोविन्द पौडेलले बताए ।
निकासी कर नै साविकभन्दा तीन गुना बढी तिर्नुपरेपछि यसको मार पनि किसानहरुलाई पर्छ । 'व्यापारीले त घाटा पर्नेगरी कहिल्यै किसानलाई दाम दिंदैन । जति बढी कर भयो, उति व्यापारीले कृषिजन्य उत्पादनको भाउ कम दिन्छन्,' सोयाङका डिल्ली चापागाईले भन्छन् ।
संघीय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङवा चाहिं निकासी कर संकलन कार्य आन्दोलनकै एउटा रुप भएको बताउछन् । 'हाम्रो भूमिमा हामीले कर उठाएका छौं । यसलाई हामी रोक्ने पक्षमा छैनौं र स्वायत्त संघीय राज्य स्थापना भएपछि यसले वैधानिकता पनि पाउछ,' उनले भने ।
नेकपा -माओवादी) निकट वाइसीएलले चाहिं संविधान सभाको निर्वाचन अघिसम्म जनयुद्धको क्रममा पार्टर्ीीई लागेको ऋण तिर्न भन्दै निकासी कर संकलन गरेको थियो तर निर्वाचनपछि चाहिं उसले कर संकलन बन्द गरेको छ । 'मुलुकको राजनैतिक तरलताको फाइदा उठाउँदै विभिन्न समूहले अनावश्यक कर र चन्दा उठाइरहेका छन्,' व्यापारी गोविन्द पौडेलले बताए ।
राजमार्गमा विभिन्न समूहले अवैध रुपमा कर संकलन गरिरहेको भएपनि त्यसलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले प्रभावकारी कदम चाल्न नसकेको व्यवसायीहरुको गुनासो छ । उनीहरुले पटकपटक प्रमुख जिल्ला अधिकारीलाई भेटेर दुखेसो पोखेको पनि बताए ।
नगदेबालीको उत्पादन पर्ूवका अन्य जिल्लाको तुलनामा इलाममा बढी भएकोले कर संकलन यस्ता समूह र संस्थाका लागि आम्दानीको भरपर्दो माध्यम बनेको छ । अहिले जिल्लामा सबभन्दा बढी नगद अर्थात वाषिर्क झण्डै एक अर्ब १५ करोड रुपैयाँ भित्र्याउने अदुवाको बेचविखनको समय हो । इलाममा वाषिर्क झण्डै ५० हजार मेटि्रक टन अदुवा उत्पादन हुन्छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले अनावश्यक कर संकलन भइरहेको बारेमा यथार्थ बुझेर त्यसलाई हटाउनका लागि पहल गर्ने बताए ।
उता संघीय लिम्बुवान राज्य परिषद -पालुङवा समूह) ले चाहिं मेची राजमार्ग अर्न्तर्गत पाँचथरको फिदिम ९ स्थित कान्छीदोकानमा नजिकै ढाट नै राखेर आवतजावत गर्ने गाडीहरुबाट शुल्क असुलिरहेको छ । परिषदले सहयोग रसिद दिएर साना गाडीलाई १० रुपैयाँ र ठूला गाडीलाई २० रुपैयाँ असुलिरहेको छ । परिषदले नै पाँचथरको राँकेमा पनि जिल्ला निकासी कर संकलन गरिरहेको छ ।