Friday, November 21, 2008

'प्रतिपक्ष र सत्तापक्षमा विभाजित नहुनोस्' नेम्बाङ


संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनैतिक दलहरुलाई सत्तापक्ष र प्रतिपक्षमा विभाजित नहुन अनुरोध गर्नुभएको छ ।
इलामको सिद्धिथुम्कामा आयोजित पहिलो सिद्धिथुम्का पर्यटन उत्सव उद्घाटन कार्यक्रममा केहीबेरअघि बोल्दै सभाध्यक्ष नेम्बाङले संविधान निर्माणको प्रक्रियामा राजनैतिक दलहरुबीच उच्चस्तरको समझदारी जरुरी रहेको बताउनुभयो । दलहरुबीचको विवादले संविधान निर्माण प्रक्रिया निरन्तर अगाडि बढ्न नसक्नेमा जोड दिदैं टेक्ने ठाउँ बनाउन नसके मुलुकले पहिलेकै अवस्था भोग्नुपर्ने संकेत गर्नुभयो । उहाँले विकास निर्माणसँगै सभासदहरुले टेक्ने ठाउँ नयाँ संविधान निर्माणलाई मुख्य ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सभाध्यक्ष नेम्बाङले आमनागरिकको सक्रिय सहभागिता भएमा कार्यतालिकाले निर्धारण गरेको समयमा नयाँ संविधान निर्माण हुने बताउनुभयो । उहाँले नयाँ संविधानले स्वायत्तता र धर्मनिरेपेक्षतासहितको नयाँ मुलुकको खाका कोर्ने विश्वास व्यक्त गर्नुभयो ।

No comments: