Friday, October 24, 2008

सुल्झेन मजदुरको समस्या


इलामको कन्यामका चिया मजदुरहरु आन्दोलनमा उत्रेका अर्ढाई महिना बितिसक्दा पनि व्यवस्थापन पक्षले समस्या समाधानका लागि चासो देखाएको छैन ।
सरकारी निकायको रोहवरमा २०६३ भदौ ११ गते चिया मजदुर र उद्यमीबीच भएको संझौताअनुसारको ज्यालादर माग्दै बगानका मजदुरहरु साउन १६ गतेदेखि आन्दोलनमा छन् । चिया प्रशोधन नै प्रभावित हुने गरी मजदुरहरु आन्दोलन उत्रँदा पनि नेपाल चिया बिकास निगम व्यवस्थापन पक्षलेसम्पक नगरेको मजदुरहरुले बताएका छन् ।
मजदुरको आन्दोलनसँगै कन्यामको प्रशोधनशाला बन्द छ । कन्याम अर्थोडक्स चिया उत्पादन गर्ने नेपालकै सबभन्दा ठूलो बगान हो । मजदुरहरु आन्दोलनमा उत्रनासाथ बन्द भएको निगमको कन्यामस्थित इकाइ कार्यालय अझै खुलेको छैन ।
मजदुरहरुले दैनिक ज्याला ९५ रुपैयाँ दिनुपर्ने, श्रम ऐन अनुसार दर्ुइ सय ४० दिन काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, उमेरको हद नाघेपछि अवकाश लिएका मजदुरलाई सट्टा भर्ना दिनुपर्ने र विनाकारण निकालिएका मजदुरलाई पर्ुनर्वहाली गर्नुपर्ने चारवटा माग व्यवस्थापन पक्षसँग अघि सारेका छन् ।
तर कन्याम बगानमा मजदुरहरुले दैनिक ८० रुपैयाँमात्र ज्याला पाउने गरेका छन् । सरकारले त दर्ुइ वर्षघि मजदुरहरुको दैनिक ज्याला एक सय २५ रुपैयाँ तोकेको थियो र यस वर्षज्यालादरमा परिमार्जन गर्दै एक सय ९० रुपैयाँ तोकेको छ । 'निगम ठेक्कामा लिने त्रिवेणी -सांर्घाई ग्रुप)ले आधा ज्याला दिन पनि आनाकानी गरिरहेको छ,' विष्णु भट्टर्राईले भने ।
मजदुरहरुले अहिले चियापत्ति टिपेर स्थानीय व्यापारीमार्फ बिक्री गरेर ज्याला बाँडिरहेका छन् । पाँच सय ३४ हेक्टरको त्यस बगानमा अहिले मजदुरहरुले दैनिक दर्ुइ हजार किलोग्राम चियापत्ति टिपेर बिक्री गरिरहेका छन् । बगानमा दर्ुइ सय ३२ मजदुर कार्यरत छन् । उनीहरुले बगान क्षेत्रमा रहेको अलैंची पनि टिप्न थालेका छन् । 'कामको टुङ्गो नभएकोले दशैं खल्लो भयो, तिहार पनि त्यस्तै होला जस्तो छ,' नर्वदा निरौलाले भनिन् ।
असोज २०६३ मा पनि त्यस बगानका मजदुरहरुले ११ भदौमा भएको संझौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रँदा व्यवस्थापन पक्षले तीन महिनासम्म कन्याम बगान बन्द गराएकेा थियो । रोजगारको वैकल्पिक व्यवस्था नभएकै कारण मजदुरहरु साविककै सेवासुविधामा काम गर्न मञ्जुर भएपछि पुस २०६३ बगान खुलेको थियो । निगममा सरकारको ३५ प्रतिशत स्वामित्व कायमै रहेकोले कन्यामको समस्या तत्काल समाधान गर्न सरकारले पनि पहल गर्नुपर्ने नेपाल स्वतन्त्र चिया मजदुर युनियनका केन्द्रिय अध्यक्ष सन्तकुमार र्राईले बताए । सरकारको स्वामित्वमा रहेको निगमको ६५ प्रतिशत शेयर १६ असार २०५७ मा त्रिवेणी समूहलाई ५० वर्षा लागि बिक्री गरिएको थियो । नेपाल चिया बिकास निगमको २० करोड पुँजीलाई प्रतिकित्ता सय रुपैयाँका दरले २० लाख कित्तामा रुपान्तरण गरेर १३ लाख कित्ता सरकारले त्रिवेणी ग्रुपलाई बिक्री गरेको थियो । त्रिवेणी -संर्घाई) समूहले ५० वर्षम्म प्रयोग गरेवापत २६ करोड ७१ लाख रुपैयाँ धरौटीको रुपमा र वाषिर्क ३२ करोड ८२ लाख रुपैयाँ भाडावापत सरकारलाई बुझाउने संझौता भएको थियो ।
त्यसबेला त्रिवेणी ग्रुपको तर्फाट पुरुषोत्तमलाल सांर्घाईले संझौतापत्रमा हस्ताक्षर गरेका थिए । संझौतापत्रमा प्रत्येक बगानमा प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्था गरिदिने, मजदुरहरुका लागि आधुनिक तथा सुविधायुक्त शिक्षोपार्जनको व्यवस्था गरिदिने र कार्यरत मजदुरहरु नघटाउने, अनिवार्य अवकाश बाहेकलाई निरन्तरता दिने लगायतका बुँदा उल्लेख छ । तर, ती कुनै बुँदा कार्यान्वयन भएको छैन । संझौताका बेला कन्याममा चार सय ७३ मजदुर कार्यरत थिए तर, पटकपटक निकालिएका कारण अहिले त्यहाँ दर्ुइ ३२ जनामात्र छन् । मजदुर निकाल्ने र सेवासुविधा कटौति गर्ने क्रम बढेपछि उनीहरु पटक पटक आन्दोलन गरिरहेका छन् ।

No comments: