Friday, October 24, 2008

न लोडसेडिङको चिन्ता न त महशुलकै


जोगमाई गाविसको वडा नम्बर तीन निवासी दिनेश महतको परिवारमा दश वर्षेखि विद्युत बलिरहेको छ । यसबीच न उनले कुनै कार्यालयमा विद्युत महशुल बुझाउनुपरेको छ न त अरुतिरजस्तो लोडसेडिङको समस्या नै व्यहोर्नुपरेको छ । 'बेलाबेला मर्मतसम्भारमा अलिअलि खर्च हुन्छ नत्र कुनै समस्या छैन,' २०५५ सालमा पेल्टि्रक सेट जडान गरेका महतले बताए ।
महतको घरमा जस्तै जोगमाईको दर्ुइ तिहाईभन्दा बढी घरमा विद्युत बल्छ । उनीहरु सबैले आफ्नै प्रयासले पेल्टि्रक सेट जडान गरेर विद्युत उत्पादन गरेका हुन् । जोगमाइ गाविसको चित्रे, नेचाली, भित्ते, उजेली, कागे, महादेवस्थान, असारे, शनिश्चरेलगायतका गाउँहरुमा अधिकांशले पेल्टि्रक सेटबाट उत्पादित विद्युत उपयोग गरेका छन् । त्यस गाविसमा छ सय ७४ घरपरिवार बसोबास गर्छन् । 'रातको समयमा अरु गाउँ अँध्यारो देखिन्छ तर जोगमाई झलमल्ल हुन्छ,' पारिपट्टकिो नयाँबजार गाविसका लाक्पा शर्ेपाले भने ।
भारतीय सीमासँग जोडिएको जोगमाई गाविसमा केन्द्रिय प्रसारण लाइन अझै विस्तार भएको छैन । 'भारत सरकारले उतापट्ट िझिलीमिली पारेको छ तर यतापट्ट िविद्युत विस्तारका लागि पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ भएन । त्यसैले गाउँमा आफ्नै पहलमा विद्युत उत्पादन गरेका हौं,' पर्ूव गाविसअध्यक्ष जीतबहादुर खड्काले बताए ।
ग्रामीण विद्युतिकरण आयोजनाले जापान सरकारको सहयोगमा पछिल्लोपटक गत आर्थिक वर्षा जिल्लाका १७ वटा गाविसमा केन्द्रिय प्रसारण लाइन विस्तार गर्दा पनि उक्त गाविस विद्युत विस्तारको सूचीमा परेन ।
जोगमाई गाविसमा पानीको स्रोत पर्याप्त भएकोले पेल्टि्रक सेटबाट विद्युत उत्पादन गर्न सम्भव भएको जोगमाई दर्ुइका रामकुमार र्राईले बताए । 'सानातिना खोलाखोल्सा जताजतै छन् । हिउँदयाममा चाहिं पानी अलि कम हुन्छ । त्यसबेला चाहिं दिउँसो पानी जम्मा गरेर राती पेल्टि्रक सेट चलाउनर्ुपर्छ,' उनले भने ।
जोगमाईमा व्यक्तिगत र सामूहिक रुपमा पेल्टि्रक सेट जडान गरेका छन् । 'हामीले तीन किलोवाटको पेल्टि्रक सेटबाट २४ घरले विद्युत उपयोग गरिरहेका छौं,' जोगमाई तीनका मिलन भण्डारीले भने ।
स्थानीयबासीले पेल्टि्रक सेटबाट उत्पादित विद्युत बत्ती बाल्नुका साथै रेडियो सुन्न, टेलिभिजन हर्ेन, सुधारिएको घट्ट र चिया सुकाउने भट्टी सञ्चालनमा उपयोग गरिरहेका छन् । 'पछिल्लो समयमा सीडीएमए टेलिफोन र मोबाइलको व्याट्री चार्ज गर्न उपयोगी बनेको छ । अरु गाउँमा जस्तो हामीले व्याट्री चार्ज गर्न भौतारिनुपर्दैन,' दिनेश महतले भने ।
जोगमाईबासीले पछिल्लोपटक विद्युतलाई चियापत्ति सुकाउने भट्टीको रुपमा प्रयोग गर्न थालेका छन् । गाउँमा चिया कारखाना नभएकोले र प्रशोधनका लागि टाढा लानुपर्ने भएकोले यसले उनीहरुलाई राहत मिलेको छ । 'विद्युतबाट चल्ने भट्टीमा एक पटकमा ६० केजीसम्म हरियो चियापत्ति सुकाउन सकिन्छ,' स्थानीय दलबहादुर महतले बताए ।
एकदेखि तीन किलोवाट क्षमताको पेल्टि्रक सेट जडान गर्न स्थानीयबासीले ४० हजारदेखि अर्ढाई लाख रुपैयाँसम्म खर्चेका छन् । 'शुरुमा जडान गर्दा अलि खर्च लाग्ने हो । जडानपछि खास खर्च हुँदैन । बेलाबेला मर्मतसम्भारमा खर्च हुन्छ,' स्थानीय हस्त र्राईले भने । त्यसो त कतिपयले कृषि बिकास बैंक र वाणिज्य बैंकबाट ऋण लिएर पनि पेल्टि्रक सेट जडान गरेका छन् ।

No comments: