Sunday, October 26, 2008

हर्कटेमा महँगो खानेपानी


इलामको कन्याम र कोलबुङ गाबिसको सीमानामा रहेको हर्कटे बजारका बासिन्दा खानेपानीको लागि महँगो शुल्क तिर्न बाध्य छन् । विद्युतको प्रयोग गरेर पानी तान्नुपरेकोले धाराबाट प्रतिदिन एक घण्टामात्र पानी झर्दा पनि एउटा धाराका लागि प्रतिमहिना करिव दर्ुइ सय रुपैयाँ शुल्क तिर्नु परिरहेको उनीहरुले बताएका छन् ।
बजारभन्दा माथिल्लो भेगमा खानेपानीको मुहान नभएकोले अर्ढाई सय मिटर तल रहेको ट्याङ्कीमा जम्मा भएको पानी विद्युतको मद्दतले तानेर उनीहरुले उपयोग गर्दै आएका छन् । र्'हर्कटे क्षेत्रको खानेपानीको समस्या समाधानका लागि कसैले चासो नदिएपछि हामीले आफ्नै पहलबाट दर्ुइ बर्षघि खानेपानी आयोजनाको निर्माण गर्‍यौं । तर, शुल्क अत्यन्तै महँगो भयो,' उपभोक्ता समितिका अध्यक्ष श्री खरेलले बताउनुभयो ।
खरेलका अनुसार१८ हजार लिटर क्षमता भएको ट्याङ्ककीमा चारवटा मुहानबाट जम्मा गरिएको पानी विद्युतका मद्दतले तानेर ७५ घरपरिवारमा वितरण गरिएको छ । तर, पानीको स्रोत पर्याप्त नहुनाले विहान एक घण्टामात्र पानी आपर्ूर्ति हुने गर्दछ । 'प्रतिमहिना दर्ुइ सय रुपैयाँ तिरेर पनि प्रशस्त पानी प्रयोग गर्न पाइरहेका छैनौं,' स्थानीय तुलसीराम पौडेलले बताउनुभयो ।
करिव आठ लाख रुपैयाँको लागतमा निर्माण पूरा भएको आयोजनामा जिल्ला बिकासको करिव अर्ढाई लाख रुपैयाँबाहेक अन्य सहयोग नपाएको समितिका अध्यक्ष खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले तिहारमा देउसी खेलेर ६७ हजार संकलन गर्‍यौं । अनि घरलौरी औकातअनुसार आर्थिक संकलन गर्‍यौं ।'
विद्युतको सम्पर्ूण्ा सामग्रीहरु आफहरुले नै व्यहोरेकोले विद्युत महशुल पनि मिनाहा गरिनुपर्ने उपभोक्ताहरुको माग रहेको छ । उपभोक्ता समितिका अनुसार उक्त आयोजनामा विद्युत सामग्रीमामात्र ८५ हजार रुपैयाँ खर्च भएको छ । तर, नेपाल विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख राजकुमार रमणले विद्युत महशुल मिनाहा गर्न नसकिने बताउनुभयो ।
उता आयोजनामा बारम्वार समस्या उत्पन्न हुने भएकोले मर्मतसम्भारमा खर्च अत्यधिक हुने गरेको उपभोक्ता समितिका सचिव विनोद भण्डारीले बताउनुभयो ।
र् हर्कटेको खानेपानी आयोजनाको विस्तारका लागि सम्वन्धित निकायहरुले सहयोग गरेमा पानीको स्रोत बढाउन सकिने स्थानीयबासीको भनाइ छ । 'करिव १५ लाख रुपैयाँ सहयोग पाएमा बजारभन्दा ५० मिटरमाथि नयाँ ट्याङ्की बनाएर अन्य मुहानबाट पानी जम्मा गर्नसक्थ्यौं । यसरी जम्मा भएको पानी कन्याम र कोलबुङको धरै क्षेत्रमा वितरण गर्न सकिन्थ्यो । त्यसपछि उपभोक्ताहरुले पनि चर्काे विद्युत महशुल तिर्नुपर्ने थिएन,' समितिका सचिव विनोद भण्डारीले भन्नुभयो ।
आयोजना बिस्तारका लागि स्थानीयबासी आफैले थप केही गर्न नसक्ने अवस्थामा पुगेको पनि उहाँले बताउनुभयो ।
र् हर्कटे बजारमा पर्याप्त खानेपानी अझै आपर्ूर्ति हुन नसक्दा भर्खरै निर्माण सम्पन्न गरिएको र्सार्वजनिक शौचालय पनि प्रयोगहीन भएको सचिव भण्डारीले बताउनुभयो । आयोजना निर्माणहुनुअघिसम्म हर्कटे बजारका बासिन्दाले आधा टाढा हिंडेर पानी ल्याउने गर्दथे । 'धारामा पुग्नै आधा घण्टा लाग्थ्यो । धारामा पानी सानो हुनाले घण्टौं लाइन बस्नुपथ्र्यो,' स्थानीय नरेश पौडेलले भन्नुभयो ।

No comments: