Tuesday, October 28, 2008

माइपोखरी रामसारमा सूचिकृत


जैविक विविधतायुक्त इलामको माइपोखरी सिमसार क्षेत्र रामसार घोषित भएको छ । सरोकारवाला संस्था र स्थानीयबासीले रामसार क्षेत्र घोषणा गर्नका लागि तीन वर्षेखि पहल गर्दै आएका थिए ।
दक्षिण कोरियाको चाङवाङमा सोमबार भएको रामसार महासन्धीको दशौं बैठकले माइपोखरीलाई रामसारको सूचीमा समावेश गरेको हो । अब नेपालमा रामसारको सूचीमा पर्नेको संख्या नौ पुगेको छ । त्यही बैठकले गोसाइकुण्ड, गोक्यो, फोक्सुण्डो र राराताललाई रामसार सूचीमा समावेश गरेको छ । यसअघि कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवनको वीसहजारी ताल, कैलालीको घोडाघोडी ताल र रुपन्देहीको जगदिशपुर ताल रामसारमा सूचिकृत थिए । माइपोखरी मध्यपहाडको रामसार सूचिकृत एक्लो सम्पदा भएको छ ।
दर्ुलभ जीव तथा वनष्पति र पानीको सतहका आधारमा रामसारमा सूचिकृत गर्ने चलन छ । नेपाल सन् १९८७ रामसार महासन्धीको पक्ष राष्ट्र भएको छ । माइपोखरी रामसारमा सूचिकृत भएपछि यसको पर्यटकीय महत्व र धार्मिक महत्व पनि बढेको माइपोखरी धार्मिक वन समितिका अध्यक्ष पर्ूण्ा मुखियाले बताए । 'दर्ुलभ वनष्पति र जीवको पाइने माइपोखरी सम्वन्धित क्षेत्रका मानिसहरुका लागि अध्ययनको थलो बन्न सक्छ,' उनले भने ।
दर्ुइ हेक्टर जलाशयसहितको १२ हेक्टर क्षेत्रलाई जैविक विविधताका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिएको छ । त्यस संवेदनशील क्षेत्रभित्र पाइने पानी गोहोरो पाँचथरबाहेक नेपालको अन्य ठाउँमा नपाइने जीवविज्ञहरुले बताएका छन् । पोखरीको गलैचे झ्याउ अन्यत्र कतै सूचीकृत नभएको वनष्पतिविज्ञको भनाइ छ । पोखरीक्षेत्र आसपासमा दर्ुलभ ओत, पीतमुहार चिचिल्कोटे, सानो सिविया चरा पाइन्छ ।
यसैगरी पोखरी वरिपरि ४ प्रकारका गुराँस, १६ प्रकारका सुनाखरी र ६२ प्रकारका जडिबूटी पाइन्छ । यसैगरी ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप, १४ प्रजातिका स्तनधारी र ३०० प्रजातिको चरा पाइन्छ । त्यसो त रुसको साइवेरियादेखि भुँडीफोर, ढाडे गिद्ध, हिमाली गिद्धलगायतका बर्साई र्सर्ने चराहरु माइपोखरी भएर भारततिर जाने गरेको बताइन्छ ।
माइपोखरी सिमसार क्षेत्र जैविक विविधताका लागि अत्यन्तै संवेदनशील क्षेत्र भएकोले यसको असली रुपलाई जोगाइराख्न धार्मिक वन समूह र अन्य सरोकारवाला संस्थाहरु सक्रिय छन् ।
असली रुप जोगाउन आयातित जापानी सल्ला, कमलको फूललगायतका बनष्पतिहरु नियन्त्रण गर्ने काम शुरु भएको छ । मानिसहरुको अनियन्त्रित प्रवेश नियन्त्रण गर्न वरिपरि तारबेरा गरी मुल गेटबाट दर्ुइ रुपैयाँको टिकट काटेरमात्र पस्ने व्यवस्था मिलाइएको छ । यसैगरी जथाभावी टागिएका ध्वजापताका र होडिङ बोर्डहरु हटाउन थालिएको छ । जिल्ला बिकास समितिले २०५७ सालदेखि पोखरीमा डुंगा सञ्चालन गरेपनि संवेदनशीलतालाई ख्याल गर्दै एक वर्षछि बन्द गरियो । 'संरक्षणमा ख्याल गर्न थालेपछि पानीको सतह वर्षोनी बढ्दो छ, गलैचे झ्याउ र पानीगोहोरो पनि बढेको छ । अहिले पोखरी आसपासमा पानी जमेर थप दर्ुइ वटा पोखरी बनेका छन्,' वन समूहका सल्लाहकार कमल मुखिया भन्छन् ।

No comments: