Sunday, October 26, 2008

'समयतालिका मेरो कापीमा छ'


संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले समयतालिका बनाएर संविधान निर्माणको काम गरिने बताएका छन् ।
गृहजिल्ला इलाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभाध्यक्ष नेम्वाङले डेढ वर्षभत्रमा संविधान तयार गर्ने गरी समयतालिका तयार गरिने जानकारी दिए । 'सचिवालयले कात्तिक १५ गतेदेखि संविधान निर्माण थाल्नेगरी तयार गरेको समयतालिका मेरो कापीमै छ । संविधान सभा नियमावलीको तयार हुन समय लागेकोले समयतालिका हेरफेर हुने भएको छ । तर, नियमावली तयार हुनासाथ दलहरुसँग छलफल गरेर समयतालिकाको पनि टुङ्गो लगाउनेछौं,' उनले भने ।
सभाध्यक्ष नेम्वाङले कात्तिक २२ गते बस्ने व्यवस्थापिका संसदको बैठक अगाडि नै नियमावली र समयतालिका तयार हुने विश्वास व्यक्त गरे । 'असोज १३ गते नै नियमावलीको टुङ्गो लगाउने गरी हामीले तयारी गरेका थियौं । तर, सभासदले विवेकको मत प्रयोग गर्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुनाले नियमावली तयार हुन ढिलो भयो,' उनले भने ।
सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको काम ढिलाइ भएपनि दलहरुले समझदारी कायम गर्दै एकजुट भएर अघि बढेमा ढिलाइ पर्ूर्ति हुनसक्ने बताए । 'संविधान सभालाई सुदृढ एकताको क्रियाशील थलो बनाउनर्ुपर्छ । अन्तरिम संविधानमा मुलुक झुण्डिरहन सक्दैन । त्यसैले संविधान निर्माणलाई उच्च प्राथमिकता दिनर्ुपर्छ र यसलाई कसैले अवरोध गर्नुहुन्न,' उनले भने ।

No comments: